एक वर्षपछी सिनेमाहलमा एस्तो रुपमा देखिदैछिन् – रेखा थापा


सिंगल थिएटरमा निकै राम्रो क्रेज बनाएकी नायिका रेखा थापा करिब एक बर्ष पछि सिनेमा हलमा फेरी देखिदैछिन्। गतबर्षको अन्त्यमा रेखा अभिनित फिल्म ‘रामप्यारी’ रिलिज भएको थियो। त्यसपछि, रेखाको कुनै पनि फिल्म रिलिज भएको छैन ।

करिब १ बर्षपछि रेखा पलाँस फिल्म मार्फत दर्शकमाझ आउँदैछिन्। यो फिल्म सिंगल र मल्टिप्लेक्स दुबै हलमा लाग्नेछ। कृषा चौलागाइको निर्माणमा तयार भएको यो फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन्।

रेखालाई दर्शकले यो फिल्ममा ‘शिक्षिका देखि कल गर्ल’ सम्मको भूमिकामा देख्न पाउनेछन्। यसैले पनि रेखा आफूले यो फिल्ममा काम गरेको बताउंछिन्। यो फिल्ममा अयुव केसी, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ। करिब एक बर्षपछि हलमा आउन लागेकी रेखालाई लिएर दर्शक कति उत्साहित छन्, चैत्र १८ गतेपछि थाहा हुनेछ।

रेखाले तिन निर्देशकलाई लिएर फिल्म निर्माण समेत गर्न लागेकी छिन् – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉