मन थामेर हेर्नुहोस् – थानेश्वर गौतमको “रोएरै मेटिने भए” – म्युजिक भिडियो


गायक थानेश्वर गौतमको आवाजमा रहेको स्याड गीत “रोएरै मेटिने भए” को म्यूजिक भिडियो रिलिज भएको छ। यो गीतमा थानेश्वर गौतमको स्वर संगीत, कमल प्रसाद खरेलको शब्द र कृष्ण पुनको एरेञ्ज रहेको छ।

भिडियोमा नारायण, कृस्टिना र सुमितले अभिनय गरेका छन्। श्रीमान र श्रीमतीको जीवनमा कुनै व्यक्ति भिलेन बनेर आउँदा कसरी एउटा परिवार उजाडिन्छ भन्ने कथा म्यूजिक भिडियोले उजागर गरेको छ।

थानेश्वर गौतमको “रोएरै मेटिने भए” भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

गीतलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक थानेश्वर गौतम ढुक्क छन्। गायक थानेश्वर गौतमको ‘छमछमती पाउजुहरु’, ‘स्याङ्गजा गएँ पाल्पा गएँ’, ‘गाजल लगाइन छौ’, ‘सिन्दुर लाउने हौली माया’ लगाएतका थुप्रै गीतहरु दर्शक श्रोतामाझ चर्चित छन्।

रोजल थापाले निर्देशन गरेको भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन।

SUBSCRIBE 👉