सनीको सेक्स कमेडी फिल्म (भिडियोसहित)


sunny-lenone-comedy-movie

रागिनी एमएमएस २ को सफलतापछि इन्डो क्यानेडियन पोर्नस्टार तथा बलिउड नायिका सनी लियोनको प्रगतिको उज्यालो थप चम्किएको छ। यतिबेला उनीसँग फिल्मको लाइन नै छ। ‘टीना र लोलो’को सुटिङ सकिएपछि सनी प्रितिश नन्दी कम्युनिकेशनको फिल्म ‘मस्तीजादे’मा लैला लेलेको रुपमा देखिँदैछिन्।

यो फिल्म सेक्स कमेडीमा आधारित रहेको छ भने यसको फष्ट लुक लञ्च भइसकेको छ। मिलाप जावेरीले निर्देशन गरेको फिल्म आगामी अगष्टमा रिलिज हुँदैछ। जावेरीले यसअघि ‘ग्राण्ड मस्ती’ जस्तो सेक्स कमेडी फिल्म निर्देशन गरेका थिए। ‘म प्रितिश नन्दी र रंगीता नन्दीलाई धन्यवाद दिन चाहन्छु, सनी लियोनसँग अंगालो मार्न चाहन्छु, यो एक मस्तीले भरिएको सेक्स कमेडी फिल्म हो,’जावेरीले ट्वीटरमा ट्वीट गरेका छन्,‘फिल्मबाट दर्शकले राम्रो मनोरञ्जन लिनेछन्।’

SUBSCRIBE 👉