रेखाको नेगेटिभ रोल, सन्नीको एक्सन अनि छुल्ठिमको प्रेम – डायरी ट्रेलर


चलचित्र डायरीको ट्रेलर रिलिज गरिएको छ। राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण कम्पनीले फिल्म युनिट सदश्यहरु सहित पत्रकार र अतिथिहरु माझ ट्रेलर रिलिज गरेको हो। डायरीको यो ट्रेलर यु ट्युबमा पनि हेर्न सकिन्छ।

यो वर्ष रेखा थापाको जम्मा एउटा फिल्म रिलिज भयो, पलाँस तर यसले बक्स अफिसमा कमाल मच्चाउन सकेन। यही बेला रेखाको अर्को फिल्म डायरीको ट्रेलर रिलिज भएको छ। डायरी अनिल योञ्जनको डेब्यु निर्देशन हो।

ट्रेलरबाट प्रष्टै थाहा हुन्छ, रेखा फिल्मकी भिलियन हुन। ट्रेलरमा उनी निकै सम्पन्न र रिसाहा लाग्छिन्। उनले केटाहरुलाई अगाडी पछाडी राखेर हिडेको दृश्यलाई प्राथमिकता दिइएको छ। उता, यही फिल्मबाट डेब्यु भएका हिरो सन्नी सिंहको एक्सन उत्तिकै आकर्षक लाग्छ। ट्रेलरबाट के अनुमान लगाउन सकिन्छ भने सन्नी र छुल्ठिम गुरुङ प्रेमी–प्रेमीका बनेका छन्। छुल्ठिमको फस्ट किसवाला संवादले त्यस्को प्रमाण हो। उनीहरुको रोमान्सलाई लोभलाग्दो शैलीमा खिचिएको छ। सायद यो जोडीको प्रेमको बीचमा रेखा आइपुग्छिन्।

यो त हाम्रो अनुमान मात्र हो, खास कथा के छ ? त्यो भने फिल्म हेरेपछि मात्र थाहा पाइन्छ। तर ट्रेलरले फिल्म प्रतिको अपेक्षा भने साँच्चै बढाएको छ। एउटा कलरफुल र एक्सन फिल्मका रुपमा। फिल्म जेठ ५ गते रिलिज हुँदैछ।

डायरीको ट्रेलर यहाँ हेर्नुहोस्

https://tv.glamournepal.com/nepali-movie-diarry-trailer-chhulthim-gurung-rekha-thapa-sunny-singh

SUBSCRIBE 👉