मिलन चाम्सको नयाँ फिल्म घोषणा, किन रोइन फिल्मकी हिरोईन ?


यो फिल्म, आफ्नो जीवन कै ठूलो उपहार हुने बताउँदै गर्दा नायिका भावुक बनिन्, आफूलाई थाम्न सकिनन् र आँसु बगाइन्। उनका पति उमेश र निर्देशक चाम्सले उनलाई सम्हाले। – भिडियो हेर्नुहोस्

निर्माता निर्देशक मिलन चाम्सले केहि दिन अघि मात्र सुपर हिट फिल्म बिर बिक्रम को सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिय र यो खबर सेलाउन नपाउदै उनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अर्को फिल्मको घोषणा गरेका छन्।

चाम्स छिटो फिल्म बनाउने निर्माता तथा निर्देशकमा पर्छन। उनको फिल्महरु ‘ब्लाइन्ड रक्स’ र ‘ह्याप्पी डेज’को सम्पादन हुँदैछ। फिल्म चाँडो निर्माण गर्ने मात्र होइन, मूलधारलाई यथार्थसँग जोड्ने र घरेलु फिल्म विदेशमा छायांकन गर्ने निर्देशकको रुपमा समेत चाम्स परिचित छन्।

नर्वे र नेपालमा छायाँकन हुने यो फिल्ममा वास्तविक प्रेम र संघर्षका कथामा आधारित छ। रोचक कुरा त के छ भने ‘जसको जीवन कथामा यो फिल्म आधारित छ, उनीहरु नै फिल्मका मुख्य कलाकार हुनेछन्। यो फिल्ममा विजय लामा समेत मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।

लामो समयदेखि नर्वेमा बस्दै आएका उमेश थापा र कविता गुरुङको जोडीलाई उनले फिल्मी पर्दामा उतार्न लागेका हुन्। यी दुई जोडीको वास्तविक प्रेम र संघर्षका कथा चित्रण गर्ने बताइएको यो फिल्मको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका छन्।

कार्यक्रममा कविताले आफ्ना लागि यो फिल्म जीवन कै सबैभन्दा ठूलो उपहार हुने बताउँदै गर्दा भाबुक बनिन, आफूलाई थाम्न सकिनन् र आँसु बगाइन्। उनका पति उमेश र चाम्सले उनलाई सम्हाले।

लन्डन जाँदामिलनसँग भेटेपछि कविताले कथा सुनाएकी रहिछन् । ‘कथाले दर्शकलाई इन्गेज गराउँछ र दर्शकले भोगेको जीवन महसुस गर्छन्।’ यस्तो प्रेम कथाआफूले पहिलोपटक सुनेको स्मरण गर्दै चाम्सले भने – ‘फिल्मको थिम भनेको प्रेमकालागि हुने संघर्ष नै हो र मेरा आगामी प्रोजेक्ट भन्दा यसबाट म निकै आशावादी छु।’

यो फिल्ममा नवराजथापाको छायांकन, तारा प्रकाश लिम्बुको संगीत, अर्जुन जिसीको सम्पादन रहने बताईएको छ।

कार्यक्रमको पुरै भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉