रामलीला युनिटलाई गिरफ्तारी वारेन्ट


ramleela
बिहारस्थित मुजप्फपुरको एक अदालतले ‘गोलियोकी रासलीला राम लीला’ फिल्मका केही दृश्यले हिन्दु भावनामा चोट पुर्याएको भन्दै फिल्मका निर्माता निर्देशक सञ्जयलिला वंशाली, कलाकार दीपिका पादुकोण, प्रियंका चोपडा र रणवीर सिंहका विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। अदालतले फिल्मका अन्य निर्माता किशोर लूला तथा संगीतकार गीतकारका विरुद्ध पनि वारेन्ट जारी गरेको छ।

वारेन्ट जारी गर्दै मुख्य न्यायिक मेजिष्ट्रेट एसपी सिंहले मुम्बई पुलिसलाई सम्बन्धित व्यक्तिलाई पक्राउ गरी चार जुनमा अदालत सामु उपस्थित गराउन आदेश दिएको छ। गत वर्ष वकिल सुधिरकुमार ओझाले हिन्दु भावनालाई चोट पुर्याउने खालको फिल्म बनेको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए।

SUBSCRIBE 👉