सम्राज्ञीसँग करिश्माको ठुम्का


पछिल्लो समय, फिल्मी कार्यक्रम भन्दा बढि राजनीतिक कार्यक्रममा देखिँदै आएकी सदावहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर लामो समयपछि पर्दामा देखिने भएकी छिन्। पछिल्लो पुस्ताकी चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसैन र आकाश श्रेष्ठको मुख्य अभिनय रहेको निर्मणाधीन चलचित्र ‘तिमि संग’ मा करिश्मा मानन्धरको गेस्ट एपिरिएन्स हुनेछ। हालै उनले सोहि चलचित्रको एक गीतमा कम्मर मर्काएकि छिन्।

त्यसो त करिश्मा पछिल्लो पटक स्टेज कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारहरुसँग जोडी बाँध्न लालायित हुँदै आएकी छिन्। केहि समय पहिले सम्पन्न ‘नेफ्टा अवार्ड’मा पनि नाजिरसँग करिश्माले कम्मर मर्काएकी थिईन्। यो चलचित्रको निर्माण तथा निर्देशन शिशिर राणाले गर्दै छन्।

हिजोकी हिट हिरोईन करिश्मा र आजकी हिट हेरोईन सम्राज्ञीलाई सँगै देख्दा दर्शकहरुको प्रतिक्रिया कस्तो आउला फिल्म रिलिज भएपछी नै थाहा हुनेछ।

SUBSCRIBE 👉