अर्पण र ऋचाको आधा लभ ! कहिले होला त पुरा ?


अर्पण थापा र ऋचा शर्मँबीचमा एउटा समानता छ । त्यो हो, दुवैको करिअरले रफ्तार लिन सकेको छैन, धरमरमा । अघिल्लो वर्ष ऋचा अभिनीत बाटोमूनिको फूल २ र जंगेले राम्रो व्यापार गर्न सकेन। ‘लुट २’ हिट त भयो तर उनले जस पाइनन्। उनको भन्दा आइटम गर्ल एलिसा राईको चर्चा धेरै भयो। यता, डाइङ क्यान्डल, बाटोमूनिको फूल २, वीरविक्रम अनि लप्पन–छप्पनले अर्पणलाई खास फाइदा पुराएन। तर यति बेला यी दुवैको सहकार्यमा निर्माण भएको फिल्म आधा लभको ट्रेलर सार्वजनिक भएको छ। जसमा अर्पणको निर्देशन र अभिनय अनि ऋचाको लगानी अनि अभिनय पनि छ। यो फिल्म जेठ २६ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

एस्तो छ – अर्पण र ऋचाको आधा लभ ! – भिडियो हेर्नुहोस्

दुई मिनेट लामो ट्रेलरमा मायाप्रेमका विविध आयामलाई देखाउन खोजेको देखिन्छ। तर पृष्ठभूमिमा कमेडीशैलीको शिर्ष गीत सुनिने ट्रेलरमा मिथिला शर्मा र टिका पहारीको मात्र संवाद सुनिन्छ। भलै ट्रेलरमा मिथिला शर्मा, टिका पहाडी, अर्पण थापा, ऋचा शर्मा सँगै रेमनदास श्रेष्ठ, रोजिशा शाही र विपिन मिक्की लाई पनि देखाइएको छ। रोजिशा र विपिनले यही फिल्मबाट करिअर सुरु गर्दैछन्।

ट्रेलरमा एउटै घर, अझ फ्ल्याटमा केन्द्रित छ। बुझिए अनुसार फिल्मको कथावस्तु पनि यही लोकेसनमा सिमित छ। अर्पण स्वयमले लेखेको कथामा फरक उमेर समूहको प्रेम कथालाई एउटै मालामा उन्ने प्रयास गरिएको छ। ऋचाको लुक्स सामान्य छ भने अर्पणको कपाल लामो। ट्रेलरबाट फिल्ममा शालिन प्रेमकथालाई महत्व दिइएको छनक पाइन्छ। त्यसो त समलिंगी प्रेमलाई पनि स्थान दिइएको आभाष हुन्छ।

अर्पण निर्देशित दोस्रो फिल्म हो आधा लभ। यसअघि उनी निर्देशित मल्टिस्टारर फिल्म मुखौटाले पानी पिउन पाएको थिएन। आधा लभ कस्तो होला ? फिल्म रिलिज पश्चात नै थाहा हुनेछ।

आधा लभ को ट्रेलर हेर्नुहोस्

https://tv.glamournepal.com/watch-trailer-reecha-sharmas-aadha-love-film-arpan-thapa

‘आधा लभ’ देखि किन डराईन ऋचा ? – भिडियो हेर्नुहोस

SUBSCRIBE 👉