एमालेमा रिमाल, भोट माग्न हिडे हमाल !


देश स्थानीय निर्वाचनले तातेको छ। चुनावको मुखैमा पार्टी छोड्ने र नयाँ पार्टी प्रवेशको लहर चल्छ नै। तर सबैलाई अच्चमीत पार्ने खबर के बाहिरिएको छ भने महानायक राजेश हमाललाई समेत चुनावी रन्कोले छोएको छ । उनी खुलेयाम रुपमै एमालेका उम्मेदवारलाई भोट माग्दै हिडेका छन्। हमाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ को वडाध्यक्षको लागि एमाले उम्मेदार देवेन्द्र रिमालको चुनावी ¥यालीमा सहभागी भएका हुन्। हमालको घर लाजिम्पाट पनि सोही वडामा पर्छ अनि रिमाल उनका छिमेकी हुन्।

प्राप्त तस्बिरमा कालो टोपी र कालै टिसर्टमा सजिएका हमालको हातमा एमालेको झन्डा छ। अनि देब्रेतिर राष्ट्रकवि घिमिरे छन् । यसको मतलब घरदैलो कार्यक्रम अन्र्तगत हमाल राष्ट्रकविको घरमा पुगेका हुन् । उनी यस अगाडी यस्ता राजनीतिक कार्यक्रममा प्रत्यक्ष सरिक भएका थिएनन्। हमाल यसरी खुलेर एमालेको लागि भोट मागेको खबर बिस्तारै भाइरल हुँदैछ । त्यसमाथि अर्को रोचक खबर चाहीं हमाल छिट्टै एमाले प्रवेशको तयारीमा छन्। उनको एमालेको शिर्ष नेतृत्वसँग छलफल भइरहेको छ।

अनि यहाँ स्मरणीइ कुरा के छ भने एमालेले पछिल्लो समय राष्ट्रवादको नारा उरालिरहेको छ अनि सामाजिक सञ्जाल फेसबुकमा हमाल पनि धेरै राष्ट्रवादी टिकाटिप्पणी गर्न थालेका छन्। जस्तो, बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई एयरपोर्टमा स्वागत गर्न सेनाका जर्नेल पुगेपछि हमालले फेसबुकमा आक्रोश पोखेका थिए । त्यस्तै, केही साता अघि भारत भ्रमणमा गएकी राष्ट्रपति विद्या भण्डारीलाई राज्यमन्त्रीले स्वागत गरेपछि सार्वभौम मुलुकका जनताको भावनामा चोट पुराएको प्रतिक्रिया दिएका थिए।

के राष्ट्रवादको समान सोचले हमाल औपचारिक रुपमै एमाले प्रवेश गर्लान त ? तपाईलाई के लाग्छ, हमालले राजनीती गर्नु वा एमालेमा प्रवेश गर्नुकतिको जायज हो ? कमेन्ट गर्नुहोला।

SUBSCRIBE 👉