अनमोल के.सी.को सुपर स्टार पारा !


अनमोल के.सी. नेपाली चलचित्रका एक मात्र हिरो। जो ‘सुपरस्टार पारा’ देखाइरहन्छन्। उनले अभिनय गरेका चलचित्रहरु सुपरहिट हुँदै गएपछि युवा दर्शकहरु माझ उनको माग ह्वात्तै बढेको छ। अनमोल केसीले अभिनय गरेको अर्को नयाँ चलचित्र कहिले आउँछ ? भनेर पर्खने प्रशंसकहरु पनि लाखौं छन्।

अहिले अनमोलको नयाँ चलचित्र ‘कृ’को छायांकन शुरु भईसकेको छ।राजधानीमा भईरहेको छायाँकन स्थलमा अनमोल केसीलाई उनका प्रशंसक वा पत्रकार कसैले पनि सितिमिति भेट्न सक्दैनन्। छायाँकन स्थलमा उनको नजिक जान त परको कुरा उनलाई देखेर तपाईले फोटो खिचिहाल्नु भो हने पनि उनका बडीगार्डले तपाईको मोबाइल वा क्यामेरा खोस्न सक्छन्। उनी हरदम सुरक्षा घेरामा रहन्छन्। सायद यसैलाई भनिन्छ सुपरस्टार पारा! कि कसो अनमोल जी ?

SUBSCRIBE 👉