सात वर्ष पछि आर्यन र रेखाको मिलन ! कस्तो बन्ला रुद्र प्रिया ?


करिब सात वर्ष पछि रेखा थापा र आर्यन सिग्देल एउटै फिल्ममा देखिने भएका छन्। रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यनले अभिनय गर्ने भएका छन्। आर्यन सिग्देलले रेखा थापा सँग फिल्म ‘किस्मत’ बाट डेब्यु गरेका थिए। यी दुईको जोडी नेपाली फिल्मी नगरीमा खुबै जम्यो। यी जोडीले ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ पनि मा सँगै काम गरे।

Rekah Thapa – Aryan Sigdel | Photo Courtesy: Uddhab Poudel

त्यस पछि यो जोडीको सम्बन्ध बिग्रिएको खबर बाहिरियो। यति मात्र होइन आर्यन र रेखाले एकअर्काको आलोचना गर्न पनि पछि परेनन्। यहाँसम्म कि उनीहरुको पानी बाराबारको स्थिति रहेको बुझिएको थियो। सात वर्ष अघि रिलिज भएको ‘कसले चोर्यो मेरो मन’ फिल्म पछि यो जोडीलाई दर्शकहरुले ठुलो पर्दामा सँगै हेर्न पाएका छैनन्। आपसी दुस्मनि भुलेर ‘रुद्र प्रिया’मा सँगै देखिन लागेका रेखा र आर्यनको जोडी फिल्मी नगरीमा फेरी जम्ला त ? के अव यो जोडीले पुन दर्शकहरुको मन जित्न सक्लान त ? यस्ता कौतुहलताहरु मेटाउनको लागि फिल्म रिलिज मिति नै कुर्नु पर्ने हुन्छ।

सुदिप भूपाल सिंहको लेखन तथा निर्देशनमा ‘रुद्रप्रिया’ को छायांकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुने बताईएको छ। यो फिल्मको प्रदर्शन मिति कात्तिक २ गते तोकिएको छ। फिल्ममा संजय लामाको छायांकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ भने रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा छन्।

शुरुमा यो चलचित्र मा निर्देशक सुदर्शन थापा र अर्पण थापाको मुख्य भूमिका रहने बताईएको थियो। तर, अब आर्यनको प्रवेश पछि सुदर्शन र अर्पण दुबै यो फिल्ममा हुनेछैनन्। भिडियो हेर्नुहोस्:

SUBSCRIBE 👉