भोट हाल्न नपाएको रिस : करिष्माले श्रीमानलाई भनिन् “तानाशाही”


आज स्थानीय निर्वाचनको दिन सबैले भोट हालेको तस्बिरहरु सार्वजनिक गरिरहेका छन् तर अभिनेत्री करिष्मा मानन्धरको फेसवुक वालमा भिन्नै स्ट्याट्स पढ्न पाइयो। जसले जोकोहीको मन रसाउँछ। आक्रोक्र र भावुकता मिसिएको उक्त स्ट्याट्स उनका श्रीमान विनोद मानन्धरप्रति लक्षित छ। ‘सायद यो लेख्न हुदैनथ्यो। तर हद भयो सहने…’ भन्दै सुरु गरेको स्ट्याट्समा उनले श्रीमानलाई तानाशाही भएको आरोपसम्म लगाएकी छन्। र, सन्दर्भ हो, चुनावमा भोट हाल्न नपाएको रोष।

Actress Karishma Manandhar

करिष्माको स्ट्याट्स अनुसार विनोदकै कारण उनले भोट हाल्न नपाएकी हुन्। ‘म काठमाडौं को नागरिकता भएको मान्छे उहासँग विवाह गरेपछी सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो म चुप लागें। सायद श्रीमान को मा राख्नु पर्छ होला भनेर यत्रो बर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाई दिनु भएन,’ नया“ शक्ति पार्टीमार्फत राजनीतिमा हाम्फालेकी करिष्माले लेखेकी छन्, ‘हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ तर उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन।’ आफूले कार्डको लागि चासो राख्दा पनि विनोदले वास्ता नगरेको दुखेसो पोखेकी छन् उनले। त्यस्तै, तीन घण्टा लाइन बस्दा पनि कार्ड नपाएको जनाएकी छन्। अन्त्यमा उनले अंगे्रजीमा लेखेकी छन्, ‘विनोद, यसो भनेकोमा क्षमा चाहन्छु तर तिम्ले मलाई तिम्रो घरको महत्वपूर्ण सदस्यको रुपमा स्वीकार्नुपर्छ। तिम्ले मलाई हल्का रुपमा लिइरहेका छौं।’

करिश्माको फेसबुक स्ट्याटस स्क्रिन सट

Karishma Manandhar FB

करिष्मा र विनोदबीचको सम्बन्ध तनावपूर्ण रहेको भन्ने खबरलाई आजको स्ट्याट्सले अझ मलजल दिएको छ। फेसवुकमै छताछुल्ल भएपछि पक्कै उनीहरु बीचको खटपट अझ बढ्ने छ। तर नेतृसमेत रहेकी करिष्माले चुनावकै दिन यस्तो लेख्नु चाहीं कतिपयले उनको अपरिपक्वताको रुपमा लिएका छन्।

SUBSCRIBE 👉