नम्रताले भनिन् – ‘पर्व’को ‘काले दाई’मा मैले डान्स गरेको भए अर्कै हुन्थ्यो


जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत अहिले निकै चर्चामा छ। युटुबमा १ करोड भन्दा बढी भ्यु पाएको यो गीतलाई नेपाली दर्शकहरुले रुचाएका छन्। यो गीतमा चलचित्रकी नायिका माला लिम्बुले आइटम नृत्य गरेकी छिन्।

Koshish Kshetri, Namrata Shrestha, Jebica Karki and Mala Limbu | Nepali Movie PARVA | Image courtesy: Binod Pokharel

यही गीतका कारण मालाले अहिले सर्वाधिक चर्चा पनि पाइरहेकी छिन्। यो चलचित्रको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की छन्। टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन्। चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। जो, मन छुने चलचित्र निर्देशनमा चर्चित छन्।

चलचित्रको निर्माण यूनिटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नायिका नम्रता श्रेष्ठले आफूहरुले एउटा फरक बिषयमा चलचित्र बनाउने कोशिश गरेको बताइन्। चलचित्रको हिट गीत ‘काले दाई काले दाई’मा नृत्य नगर्दा यो गीतलाई मिस गर्नुभएको त छैन भन्ने प्रश्नमा उनले भनिन्–‘पक्कै पनि छैन। कारण, यो गीतको भिडियोमा मालालाई नै सुहाएको छ। मैले नृत्य गरेकी भए कथावस्तु नै अर्कै हुन्थ्यो।’

चलचित्रका नायक कोशिश क्षेत्रीले आफूहरुले चलचित्र नगरीलाई एउटा फरक कथामा नया“ शैलीको चलचित्र दिन खोजेको बताए। यो चलचित्रको व्यापारले आफूलाई पनि प्रभाव पार्ने भन्दै उनले भने–‘चलचित्र शत प्रतिशत चल्छ। गीतसंगीत, कथावस्तु, नया“ प्रयोगका कारण पनि दर्शकले चलचित्र मन पराउनुहुन्छ ।’

यस्तै, नायिका माला लिम्बुले आफू डान्सर र नायिका दुबै भएको बताइन्। उनले, चलचित्रको टिम, कथावस्तु, गीतसंगीत सबै राम्रो भएकाले दर्शकले हेर्नुपर्ने बताइन्। नव–नायिका जेबिका कार्कीले भनिन्–‘अहिले हेर्दा नम्रता दिदी र माला दिदीको बिचमा म चेपिए जस्तो देखिएला। तर, चलचित्र चलेपछि भने दर्शकले मेरो कामलाई रुचाउनुहुनेछ।’

यस्तै, चलचित्रका छायांकार राजेश श्रेष्ठले आफूले हरेक चलचित्रमा फरक शैलीको छायांकन गर्न खोजेको भन्दै यो टिमस“ग काम गर्दा सजिलो हुने बताए।

चलचित्रका कलाकार जेठ १२ गते रिलिज हुने ‘पर्व’लाई दर्शकले मन पराउनेमा विश्वस्त छन्। सस्पेन्स–थ्रीलर कथामा बनेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नया“ शैलीको कथाको विकास गर्ने उनीहरुको कथन छ।

SUBSCRIBE 👉