कस्तो देखिएला जोडी – सौगात मल्ल र प्रियंका कार्की ?


अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीले जोडी बाँध्ने भएका छन्। अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता’ मा सौगात र प्रियंका जोडीको रूपमा देखिन लागेका हुन्। कार्यविनायक मन्दिरमा आयोजित फिल्म शुभ मुहूर्त कार्यक्रममा पनि दुवैले एक अर्कासँग काम गर्न पाएकोमा खुसी ब्यक्त गरे।

यसअघि सौगात र प्रियंकाले फिल्म ‘षडङ्ग’, ‘श्री ५ अम्बरे’ र ‘फन्को’ मा स्क्रिन सेयर गरेका थिए तर जोडीका रूपमा भने देखिएका थिएनन्। पछिल्लो समय प्रियंका र दयाहाङबीच मनमुटाव रहेको चर्चा चलिरहँदा ‘फाटेको जुत्ता’ ले नयाँ जोडी बाँधिदिएको हो। प्रियंकाले दयाहाङ राईसँग थुप्रै फिल्ममा काम गरिसकेकी छिन्।

यो फिल्ममा सौगात र प्रियंका संगै बुद्धि तामाङ, कामेश्वर चौरासिया, रवीन्द्र झालगायतको पनि अभिनय रहनेछ। निकेश खडकाले निर्देशन गर्ने यो फिल्मको छायांकन वीरगन्जबाट गरिदैछ। कमेडी सैलीमा प्रस्तुत गर्न खोजिएको ‘फाटेको जुत्ता’ यसै वर्षको कात्तिक महिनामा रिलिज गर्ने तयारीमा छ।

सौगात र प्रियंकाको जोडीलाई दर्शकहरुले कत्तिको रुचाउने हुन्, त्यो भने फिल्म रिलिज पछि नै थाहा हुने छ। तपाईको विचारमा कस्तो देखिएला त सौगात र प्रियंकाको जोडी? कृपया कमेन्ट बक्समा आफ्नो विचार सेयर गर्नुहोला।

SUBSCRIBE 👉