आमा बन्दै नायिका प्रियंका कार्की !


अभिनेत्री प्रियंका कार्कीले चलचित्रकालागि हरेक प्रकारका भूमिका निर्वाह गरिसकेकी छिन्, गाउँलेदेखि सहरिया अनि प्रेमिकादेखि श्रीमतीसम्म। दर्शकहरुको प्रिय बनेकी प्रियंकाले आफुलाई अब्बल कलाकारका रुपमा प्रमाणित गरिसकेकी छिन्। नव नायक आयुष्मान देशराज सँग गहिरो प्रेम सम्बन्धको चर्चा बजारमा चलिरहेको बेला उनै प्रियंका अब आमा बन्ने खबर बाहिरिएको छ।

दीपाश्री निरौलाको निर्देशनमा हाल छायांकनको क्रममा रहेको फिल्म ‘छक्कापन्जा–२’ मा प्रियंका आफुभन्दा केहि बर्ष कान्छी अभिनेत्री कि आमा बनेकी छिन्। एस अघिको सिक्वेल ‘छक्कापन्जा’को क्लाइमेक्समा शिवहरी पौडेलसँग वैवाहिक जीवनमा बाँधिएकी प्रियंका ‘छक्कापन्जा–२’ मा आमा बनेकी हुन्।

शिवहरी र प्रियंकाको छोरीको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्दैछिन्। सुपर हट मोडल तथा अभिनेत्रीको ट्याग भिरेकी प्रियंकाको आमा भूमिकालाई दर्शकहरुले कत्तिको रुचाउने हुन् ? प्रतिक्षाको बिषय बनेको छ।

SUBSCRIBE 👉