‘पर्व’ ओपनिङ सुखद । हल -हलमा पुगे कलाकार


प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘पर्व’ले ओपनिङ पनि सुखद गरेको यसको निर्माणपक्षले बताएको छ। करिब डेढ बर्षपछि पर्दामा नायिका नम्रता श्रेष्ठलाई देख्न पाउदा दर्शक उत्साहित देखिएका छन्। नयाँ शैलीको मेकिङ र कथावस्तुका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन्। यो चलचित्र देशभरका ७७ वटा हलबाट एक साथ रिलिज भएको हो।

शनिबार बिहान नायिका नम्रता श्रेष्ठ हल–हलमा पुगिन्। करिब डेढ बर्षपछि उनी यसरि हलमा पुगेकी थिइन्। उनको साथमा चलचित्रका अन्य कलाकार कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की र निर्देशक दिनेश राउत हल–हलमा पुगेका थिए। उनीहरुले, सिंगल र मल्टिप्लेक्स हलमा पुगेर दर्शक सँग प्रतिक्रिया लिएका थिए।

हल–हलमा पुगेकी नायिका श्रेष्ठले काठमाण्डौ भित्रका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको उपस्थिती बाक्लो देखेर आफू खुशी भएको बताइन्। उनले, काठमाण्डौ बाहिरबाट पनि दर्शकको राम्रो प्रतिक्रिया दिएको सुनाइन्।

चलचित्रका निर्माताद्धय सुवास गिरी र निकिता पौडेलले वर्ड अफ माउथ सुखद भएकाले आगामी दिनमा यसको व्यापारमा फाइदा पुग्ने विश्वास व्यक्त गरे। चलचित्रको अहिले सम्मको व्यापार आकडा भने सार्वजनिक भएको छैन।

SUBSCRIBE 👉