सुमि चाम्लिङको ‘चस्मा वाला’ मा नेपाली ठिटोजको साथ । उत्कृष्ट कभर भिडियो बनाउनेलाई ५० हजार पुरस्कार


Nepali Thitos Photo

गायिका सुमि चाम्लिङ राईको डान्सिङ्ग नम्बर ‘चस्मा वाला’को भिडियो रिलिज गरिएको छ। यो गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ। भिडियोमा ‘नेपाली ठिटोज’ टिम’ ले आफ्नो अभिनय तथा नृत्य कला प्रस्तुत गरेको छ। यो भिडियोमा नेपाली ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन्। विकास सुवेदीको निर्देशनमा ‘चस्मा वाला’ गीतको भिडियो बनेको हो।

‘नेपाली ठिटोज’ टिम का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन्। यसअघि सुनिलको नेतृत्वमा रहेको यो टिमले ले ‘छुकछुके रेल’ लगायतका गीतमा अभिनय गरेको थियो।

उत्कृष्ट कभर भिडियोलाई ५० हजार पुरस्कार

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा यस गीतको कभर भिडियो प्रतियोगिताको बारेमा पनि जानकारी गराईएको थियो। जेष्ठ १५ गतेदेखि साउन १५ गतेभित्र ‘चस्मा वाला’ गीतमा कभर भिडियो बनाएर पठाउनु पर्ने बताईएको छ। उत्कृष्ट कभर भिडियोले ५० हजार नगद सहित नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर समेत घोषणा गरिएको छ। कभर भिडियो chamlingenter@gmail.com तथा bikashatv2013@gmail.com मा पठाउनु पर्नेछ।

SUBSCRIBE 👉