नायिका स्वेताले श्रीकृष्णको तस्वीर छोएर भक्कानिदै खाईन् एक कसम


Shweta Khadka to Rebuild Community Residence in Majhi Village, Sindhupalchwok.

सिन्धुपाल्चोक जिल्लाको ठूलोसिरुबारी गाविसस्थित ‘माझी गाउँ’ मा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती निर्माण गर्ने काम सुरु गरेकी छिन्। ‘हाम्रो रहर सानो घर’ भन्ने मुल नाराका साथ ‘स्वेता श्री फाउन्डेशन’ले ‘माझी बस्ती’ निर्माण गर्न लागेको हो। ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले ‘माझी बस्ती’ को शिलन्यास गरेका छन्। माझी समुदायमा नमुना बस्ती निर्माणको शिलन्यास गर्दै स्वेताले स्थानियबासीहरुसँग बस्ती निर्माण गरेर दशै अगाडि नै हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

सयौ स्थानियबासी र काठमाण्डौबाट सिन्धुपाल्चोक पुगेका पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरुको अगाडि नायिका स्वेता खड्काले स्वर्गिय पति श्रीकृष्ण श्रेष्ठको तस्बिर छुदै कसम खाइन्। “म उहाँको तस्बिर छुदै भन्छु कि, यो काम सम्पन्न गरेपछि मात्र मेरो अनुहारमा खुशी मिल्नेछ।”

SUBSCRIBE 👉