प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को सबै गीतहरु बाहिरियो


फिल्म ‘प्रेमगीत २’ को सबै अडियो गीतहरु (जुक-बक्स) रिलिज भएका छन्। साउन १३ गते प्रदर्शन हुने यो फिल्ममा चार गीतहरु समावेश छन्। रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ। सन्तोष सेनको निर्माण र ओम गुरुङ सहनिर्माता रहेको फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ।

Prem Geet 2 Songs Image

१. कहानी यो प्रेमगीतको… शीर्ष गीत हो जसलाई कल्याण सिंहले संगीतबद्ध गरेका छन्। रोहितजोन क्षेत्री र श्रेया सोताङद्धारा स्वरबद्ध यो गीतमा फिल्म निर्माण कम्पनीले अन्तराष्ट्रियरुपमै कभर गीत प्रतिस्पर्धा आह्वान गरेको छ। पुरुष र महिला दुबै विधामा प्रतिस्पर्धा हुनेछ।

२. मोटरसाइकलमा… एलिस कार्कीको संगीत भरेको यो गीतमा इन्दिरा जोशी र प्रताप दासको स्वर सुन्न सकिन्छ। गीतमा स्कटिस फ्लेभरमा नेपाली प्यार्टन मिक्सड गरिएको छ। यो क्लब गीतको भिडियोलाई दिनप्रतिदिन दर्शकले युट्युवमा रुचाइरहेका छन्।

३. म त हाँस्न नै सक्छु… सेन्टिमेन्टल गीत हो। वियोगको भाव समेटिएको यो गीतलाई सागर संसार राईले गाएका हुन्। सगर संसार राई अघिल्लो पटक (प्रेम गीत) कमभर गीत प्रतिस्पर्धामा उत्कृष्ट भएका थिए।

४. विस्तारै विस्तारै… जुन गीत रोहितजोन क्षेत्री गाएका हुन्। उनको अवाजमा रहेको यो गीत श्रोताले धेरै मन पराईसक्नु भएको छ।

SUBSCRIBE 👉