दिपेन्द्र-दिब्यानीको प्रेम कथामा फिल्म बनाउदै सन्तोस सेन । प्रदिप खड्का बने दिपेन्द्र सरकार


२०२८ असार ७ गते नारायणहिटी दरबारमा जन्मिएका दीपेन्द्र शाह एक यस्ता पात्र हुन् जो छोटो समयका लागि राजा भए। राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रलाई १३ औं राजा घोषित गर्दा उनि अर्धमृत अवस्थामा थिए। २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डको तेस्रो दिन उनलाई मृत घोषणा गरिएको थियो।

शाहवंशका यी पात्रलाई लिएर इतिहासमा धेरै लेख लेखिए र पढिए पनि। विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा दीपेन्द्र र दरबारसँग सम्बन्धित धेरै तथ्यहरु उल्लेख छन्। यो चर्चित पुस्तकमाथि स्वदेशी तथा विदेशी संचारमाध्यमले धेरै समाचारहरु पनि बनाए। अब यसै पुस्तकमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ।

Producer Santosh Sen and Actor Pradeep Khadka

Producer Santosh Sen and Actor Pradeep Khadka, During the Press meet to announced a Movie DIPENDRA SARKAR. Photo: Kamal Shrestha / Glamour Nepal

आशु सेन फिल्मस् प्रालिले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विवेक कुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्म ‘दीपेन्द्र सरकार’ निर्माण गर्न लागेको जानकारी दिएको छ। फिल्मका निर्माता सन्तोस सेनले फिल्म बनाउनको लागी यो पुस्तकको प्रतिलिपि अधिकार पनि किनिसकेका छन्। ५ करोड ५० लाख रुपैयाँ अनुमानित बजेट छुट्टाइएको यो फिल्म २०७५ सालको जेठ १९ गतेबाट प्रर्दशनमा आउने छ। जेठ १९ गते नै दरबार हत्याकाण्ड भएको थियो। सन्तोष सेनले यसघि ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरिसकेका छन्।

नायक प्रदीप खड्का दिपेन्द्र बन्दा एस्तो देखियो – फोटो ग्यालरी हेर्नुहोस्

निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेम कथामा नै केन्द्रित भएर यो फिल्म बनाउन लागेको बताए। नेपाल, बेलायत र अमेरिकामा छायांकन गरिने यो फिल्ममा नायक प्रदीप खड्काले दीपेन्द्रको भूमिका निर्वाह गर्दै छन्। कार्यक्रममा उनि राजाकै भेषभुषामा देखिएका थिए। अंगरक्षक र एडीसी पनि उभ्याइएको थियो।

यो फिल्मलाई दुई किसिमले तयार गरिने बताईएको छ। फिल्म फेस्टिभलका लागि डेढघन्टा र व्यवसायिक प्रदर्शनका लागि २ घन्टा लामो फिल्म तयार गरिने भएको छ। यो फिल्मको निर्देशक तथा अन्य कलाकारको बारेमा फिल्म निर्माण युनिटले केही बताएको छैन।

SUBSCRIBE 👉