म्याग्दीकी बिष्णुले जितिन् ‘लेट मी डान्स नेपाल – सिजन २’ को उपाधि


Let me Dance Nepal Season 2 Winners

‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी बिष्णु मगरले हात पारेकी छन्। राजधानीमा आयोजित ग्रान्ड फिनालेमा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित अवार्ड, प्रमाण पत्र हात पारेकी हुन्।

त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल भईन्। त्यस्तै, सेकेण्ड रनरअपको उपाधि धादीङका योगेश श्रेष्ठले ५० हजारसहित अन्य पुरस्कार जिते। थर्ड रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जनले जित्न सफल भए।

देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पुर्याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनल कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अतिथिमा कलाकार बिएस राणा, मिथिला शर्मा, नायक शुशिल क्षेत्रीलगायतको उपस्थिती रहेको थियो।

‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा अन्तिम प्रतिस्पर्धा भएको हो। ‘लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान–२’ को निर्णायकमण्डलमा नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका थिए। प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत निर्णायकको निर्णयमा भएको थियो।

SUBSCRIBE 👉