रारा ताल वरपरको सौन्दर्यमा ‘प्रेमगीत २’ को गीत – विस्तारै विस्तारै…


Pradeep and Aaslesha Aaslesha Thakuri Preem Geet 2 Image

प्रतीक्षित फिल्म ‘प्रेमगीत २’ को रोमान्टिक नयाँ गीत ‘बिस्तारै बिस्तारै’ रिलिज गरिएको छ। रारा ताल वरपरको सौन्दर्यमा खिचिएको यो गीतमा फिल्मका मुख्य कलाकार प्रदिप खड्का र आस्लेशा ठकुरीको अन स्क्रिन रोमान्स फ़िचरिङ्ग गरिएको छ। गीतमा गायक रोहित जोन क्षेत्रीको स्वर, शब्द र संगीत सुन्न सकिन्छ। प्रदीप र अश्लेषाको रसायन साटिएको यो गीतलाई दर्शक तथा श्रोताले गुनगुनाउन सक्छन्।

गीत हेर्न यहाँ क्लिक गर्नुहोस्
Prem Geet 2, Nepali Movie Song Bistarai Bistarai…
Featuring Pradeep Khadka Aaslesha Thakuri

साउन १३ गते रिलिज हुने फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्। यसअघि शीर्ष गीत रिलिज गरेको फिल्मको यो दोस्रो रिलिज गीत हो। आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्।

मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि यो गीतले सहयोग पुग्ने निर्माता सेनको विश्वास छ। ‘हामी आफ्नै प्रकृति र लोकेसनलाई विश्वमाझ चिनाउन चाहन्छौं’ उनले भने, ‘यस गीतले हाम्रो सामाजिक दायित्वलाई पनि चित्रण गर्छ।’

SUBSCRIBE 👉