निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार निर्मित फिल्म ‘रुद्रु’को रिलिज मिति हेरफेर भएको छ। फिल्म निर्माण कम्पनीले ‘रुद्र’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आधिकारिक नयाँ रिलिज मिति घोषणा गरेको छ। यसअघी श्रावण २० लाई प्रदर्शन मिति तय गरेको फिल्म अब एक हप्ता पहिले नै अर्थात श्रावण १३ मा रिलिज हुने भएको छ।
निर्देशक रामजी लामिछानेले कारणबस फिल्मको रिलिज एक हप्ता अघि सरेको बताए तर कारण खुलाउन चाहेनन्। तर यसको पछाडी वलिउड स्टार शाहरुख खान अभिनित फिल्म आउनुलाई मानिएको छ। श्रावण २० अर्थात अगष्ट ४ मा शाहरुख र अनुष्का शर्मा स्टारर फिल्म ‘जब ह्यारी मिट सेजलु’ले रिलिज मिति तोकिसकेको छ।
फिल्म ‘रुद्रु’मा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेति पहिलो पटक खलपात्र (भिलेन) को भुमिकामा प्रस्तुत छन्। सार्वजनिक फर्स्टलुक पोस्टरमा निखिलको एङ्ग्रीु लुक्स समावेश छ भने मुख्य कलाकार रहेका डेब्यू अभिनेता अभिनेत्री द्वय विश्व र सारालाई प्रेमभावमा देख्न सकिन्छ। पोस्टरमा निखिललाई भिलेन अबतारमा प्रस्तुत गरेका निर्देशक लामिछानेले खलनायकको प्रसङ्ग जोड्दै ‘रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुनु’ स्लोगन लेखेका छन्।
सौरभ लामाको छायाँकन र हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई लभ स्टोरी प्लस एक्सनु जनरामा लिइएको छ। फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ।