ब्रेकअप पछि निता र निशा ब्यस्त, सुष्मा चाहिँ किन सुस्त ?


रंगिन दुनियाँका सेलिब्रिटीहरुको व्रेकअप र प्रेम सम्बन्धको चर्चा विश्वभर नै हुने गर्छ र यो नौलो कुरा पनि होइन। तर, नेपाली चलचित्रमा हेर्ने हो भने सेलिब्रिटीहरुको प्रेम सम्बन्धको चर्चा हुँदा फिल्मी ब्यबशाय कमजोर हुने वा उकासीने गरेको छ साथै ति कलाकारको व्यस्ततामा पनि प्रभाव देखिएको छ। प्रेम सम्बन्धमा ब्रेक लागेका तिन अभिनेत्रीहरुको बारेमा यहाँ चर्चा गर्दैछौ।
– भिडियो हेर्नुहोस्

नायिका निता ढुंगाना
नव-नायक आमेष भण्डारीसँग प्रेममा रहँदा नायिका नीता ढुंगानाको फिल्मी करिअर ओरालो लागेको थियो। आमेषसँगको सेल्फी र डेटिङमै रमाएकि नीतालाई त्यतिबेला निर्माताहरुले पत्याएनन्। आमेषसँग व्रेकअपछि भने नीता व्यस्त हान थालेकी छिन। ब्रेकअप पछि उनले लगातार चलचित्रहरुमा काम गरिरहेकी छिन्। हुनत, नीताका चलचित्रले बक्स अफिसमा खासै कमाल मचाऊन भने सकेको छैन। तर, आमेषको हातमा एकाध चलचित्र हुँदा नीता भने व्यस्त छिन्।

नायिका निशा अधिकारी
क्रिकेटर शरद भेष्वाकरसँग प्रेममा रहँदा नायिका नीशा अधिकारीको हातमा खासै चलचित्र थिएन। तर, शरदसँग ब्रेकअपपछि उनले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। उनले ‘झ्यानाकुटी’ नामक फिल्म समेत बनाइन्। ब्रेकअपपछि आफ्नो व्यवहार परिवर्तन गरेकी नीशा अहिले धमाधम चलचित्रमा व्यस्त हुन थालेकी छिन्। निशा अभिनित फिल्महरुले पनि खासै राम्रो ब्यापार गर्न सकेको छैन तैपनि उनलाई निर्माताले पत्याएका छन्।

नायिका सुष्मा कार्की
अनुप्रस्थ ब्याण्डका गीतारिस्ट निरन श्रेष्ठ सँग व्रेकअपछि नायिका सुष्मा कार्कीको करिअर भने खासै गतिलो तरिकाले अगाडि बढ्न सकेको छैन। सार्वजनिक कार्यक्रम, पार्टीमा धेरै देखिने सुष्मा चलचित्रको पर्दामा भने सुस्त देखिएकी छिन्। व्रेकअपछि उनले ‘चलेछ बतास सुस्तरी’ फिल्ममा काम गरिन्, तर यो फिल्म चलेन। अहिले उनले चलचित्र ‘रोमियो एन्ड मुना’मा काम गरेकी छिन्। तर, पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको समेत मुख्य भूमिका रहेको यो चलचित्रमा सुष्माको भूमिका के हो, खुलेको छैन। सुष्माले आफ्नो करिअरलाई अब कुन गतीमा अगाडि बढाउने हुन्, हेर्न बाँकि छ।

SUBSCRIBE 👉