बाहिरियो “प्रेम गित २” का निर्माता र हिरोको एक्सक्लुसिभ कुस्तीबाज दृश्यहरु


प्रतिक्षित फिल्म “प्रेम गीत २” केहि तस्विरहरु बाहिरिएको छ। फिल्म निर्माण युनिटले सार्बजनिक गर्न नचाहेको यी तस्विरहरु सामाजिक संजाल मार्फत बाहिर आएको हो। सार्बजनिक भएका तस्विरहरुमा निर्माता सन्तोस सेन र हिरो प्रदिप खड्का कुस्ती खेल्दै गरेको देखिन्छ। यो तस्विरहरुले निर्माता आफै पनि यो फिल्ममा कुस्तीबाजको रुपमा देखिएका छन् भन्ने प्रस्ट्याउँछ। यी तस्विरहरुले बलिउड फिल्म सलमान खानको ‘सुल्तान’को झझल्को दिन्छ।
भिडियो हेर्नुहोस्

श्रावण १३ गते बाट अल नेपाल प्रदर्शन हुने फिल्मका यी तस्विरहरु बाहिरीए पछि निर्माण युनिट यतिबेला तनाबमा परेको छ। ट्रेलर रीलीज गर्ने तयारीमा रहेको बेला फिल्मको यस्ता दृष्यहरु बहिरिंदा निर्माण युनिट तनाबमा परेको हो। फिल्ममा हिरो प्रदिपखड्कालाई नव नायिका आश्लेशा ठकुरीले साथ दिएकी छिन्। यो फिल्मको रिलिज भैइसकेको शिर्ष गीत “कहानी यो प्रेम गितको…” र अर्को गीत “मोटर साईकल मा…” यतिबेला चर्चामा छ।

SUBSCRIBE 👉