शोभितको ‘बाबु कान्छा’ शुरु । नायिका पूजा शर्माले भनिन् एक्शन


Nepali Movie BABU KANCHHA featuring Salon Basnet Karishma Shrestha
नायिका पूजा शर्माको निर्देशनमा “बाबु कान्छा”को पहिलो दृश्य – भिडियो हेर्नुहोस्

सलोन फिल्मस्को प्रस्तुतीमा सलिना बस्नेतको निर्माणमा बन्न लागेको फिल्म ‘बाबु कान्छा’को शुभसाइत गरिएको छ। निर्देशक शोभित बस्नेतले आफ्नै कथा र लगानीमा केही बर्षको अन्तरालपछि यो फिल्म निर्देशन गर्न लागेका हुन्। रवि अधिकारी कार्यकारी निर्माताको रुपमा छन्।

काठमाण्डौ, चितवन र दुबइमा छायांकन गरिने बताईएको यो फिल्ममा सलोन बस्नेत, ऋतिक शाही, करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला लगायतका कलाकारको मुख्य भूमिका रहनेछ भने अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन नव-कलाकारको रुपमा देखिदैछन्।

Nepali Movie Babu Kanchha

बाबु श्रेष्ठले खिच्ने यो फिल्ममा टंक बुढाथोकी र अल्मोडा उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

चलचित्रको शुभमुहुर्तमा कलाकार सरोज खनाल र नायक सलोन बस्नेतले संवाद बोलेका थिए। नायिका पूजा शर्माले शुभ साइत दृश्यको निर्देशन गर्दा ‘ए मेरो हजुर २’ डेब्यू नायक सलिन मान बाँनियाले क्ल्याप हानेका थिए।

SUBSCRIBE 👉