आकर्षक एक्सन सिक्वेन्सका साथ ट्रेलरमा एस्तो छ निखिलको ‘रुद्र’


मुम्बईबाट फर्किएपछि निखिल उप्रेतीलाई नेपाली चलचित्र ‘भैरव’ले उत्साह दियो। ‘लुटेरा’ ठिकठाक मात्र चल्यो भने ‘किङ’, ‘निर्भय’ र ‘राधे’ले बक्सअफिसमा निकै कमजोर प्रदर्शन गरे। सोही कारण निखिलको करिअर फेरि धरमरमा पर्यो भन्ने चर्चा चल्न शुरु भएको बेला निखिल अभिनीत नयाँ फिल्म ‘रुद्र’को ट्रेलर रिलिज भएको छ। ट्रेलर हेर्दा लाग्छ, अन्य फिल्ममा जस्तै ‘रुद्र’मा पनि उनी एक्सन प्रधान भूमिकामा नै छन् तर यसपटक उनले केही नवीन र आकर्षक एक्सन सिक्वेन्स दिएका छन्। उनकै प्रोडक्सन रहेको फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका हुन्।

रुद्रको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
Watch Here: Nepali Movie RUDRA Trailer

ट्रेलरबाट यो फिल्ममा प्रेम र एक्सनको मिश्रण गरेको अनुमान लगाउन सकिन्छ अनि निखिलचाहीं नेगेटिभ भूमिकामा हुनसक्छन्, किनभने उनले एक संवादमा आफू प्रेमको खलनायक रहेको बताएका छन्। पुलमा बाइक लडाएको र खुट्टाले वाण चलाएको दृश्य भंयकर लाग्छ। यो ट्रेलरमा निखिलले एउटा दाशर्निक संवाद बोलेका छन्, ‘रावणको लागि राम र रामका लागि रावण एकअर्कँका लागि खलनायक हुन ।’ यसले उनको चरित्र संकेत गर्छ।

यो फिल्ममा दुई नया अनुहार देखिएका छन् – विश्व शर्मा र सारा। यी दुवैले यही फिल्मबाट फिल्मी करिअर सुरु गर्दैछन्।

साउन १३ गतेबाट ‘रुद्र’ रिलिज हुदैछ। सोही दिन ‘प्रेमगीत २’ पनि प्रदर्शन हुनेछ। सिंगल थिएटरमा ‘रुद्र’ले ‘प्रेमगीत २’ लाई अफठ्यारोमा पार्न सक्छ कि भन्ने अद्काल बाजी शुरु भईसको छ। तपाईं ‘रुद्र’ र ‘प्रेमगीत २’ मध्ये कुन फिल्मको प्रतिक्षामा हुनुहुन्छ ? कमेन्ट बक्समा आफ्नो विचार सेयर गर्नुहोला।

ट्रेलर रिलिज कार्यक्रममा को कसले के बोले ? पुरा भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉