प्रेम र गीतको प्रेममा कसले गर्यो अबरोध ?


दर्शकहरुको प्रतीक्षाको सुचिमा रहेको चलचित्र “प्रेम गीत २” को ट्रेलर रिलिज भएको छ। चलचित्र निर्माण युनिटले राजधानीमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो। आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन्। चलचित्रमा प्रदिप खड्का र अस्लेशा ठकुरी मुख्य भूमिकामा छन्।अस्लेशाले यसै चलचित्र बाट नेपाली सिने नगरीमा प्रवेश गरेकी हुन्। ‘प्रेम गीत २’ २०७२ को सुपर हिट चलचित्र ‘प्रेम गीत’ को सिक्वेल हो। प्रेम गीतमा प्रदिप खड्काको जोडी पुजा शर्मा थिइन् तर प्रेम गीत २ मा भने प्रदीपको जोडी अस्लेशा ठकुरी छिन्।

करिव २ मिनेट लामो ट्रेलरमा नेपाल, म्यानमार थाइल्यान्डका दृश्यहरु समेटिएको छ, प्रदिप खड्का ‘प्रेम’ र अस्लेसा ठकुरी ‘गीत’ को भूमिकामा देखिएका छन्। म्यानमार बाट घुम्न आएकी ‘गीत’ को नेपालमा प्रदिप सँग भेट हुन्छ र उनीहरु मायाजालमा पर्छन। यो ट्रेलरले नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेमलाई चित्रण गरेको छ। पहिलो सिक्वेलमा जस्तै यसमा पनि प्रेम र गीतले आफ्नो प्रेम पाउन निकै संघर्ष गर्नु परेको कथा ट्रेलरले बताउँछ।

प्रेम गीत २ आकर्षक ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
CLICK HERE TO WATCH – PREM GEET 2 TRAILER

प्रेम, रोदन र एक्स्शनले भरिपुर्ण यो ट्रेलरमा निर्माता सन्तोस सेन पनि एक्शन अवतारमा देखिएका छन्। चलचित्रमा उनको नेगेटिभ रोल रहेको अनुमान लगाउन सकिन्छ। किनकि ट्रेलरमा देखाईएको उनको रुप र हिरो प्रदिप खड्का सँग थाई बक्सिङ्ग खेल्दै गरेको दृश्यले यस्तै बताउँछ।

प्रेम गीत २ साउन १३ गतेबाट अल नेपाल रिलिज हुँदै छ। सोहि मितिमा निखिल उप्रेतीको “रुद्र” पनि रिलिज हुँदै छ। तपाईलाई यी २ चलचित्र मध्य कुन चलचित्र हेर्न मन पराउनु हुन्छ: कमेन्ट बक्समा आफ्नो मत सेयर गर्नुहोला।

SUBSCRIBE 👉