प्रियंकाको आइटम डान्स पछि सकियो ‘फाटेको जुत्ता


प्रियंकाका साथमा सौगात मल्ल, रविन्द्र झा, कामेश्वर चौरासियालगायतको अभिनय रहेको चलचित्र ‘फाटेको जुत्ता’ को छायांकन सकिएको छ। निकेश खड्काको निर्देशन रहेको फिल्मको ‘फोकस…’ बोलको आइटम डान्ससँगै फिल्मको छायांकन सकिएको हो। लाइट कमेडी जानराको यो फिल्मले सीमा क्षेत्रमा हुने तस्करी र गुण्डागर्दीको कथालाई बोल्नेछ।

वीरगन्जको भित्री गाउँहरूको सेटिङमा खिचिएको फिल्मको उक्त आइटम डान्समा ठूलो क्राउडमाझ प्रियंका खुलेको पहिरनमा ठुम्का लगाएकी छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

कात्तिक १७ मा रिलिज गर्ने गरी जोडतोडले निर्माणमा जुटेको ‘फाटेको जुत्ता’ लाई नीरज कँडेलले खिचेका हुन् भने सम्पादन दीर्घ खड्काको रहेको छ। उक्त आइटम गीतमा भने भारतीय प्रवेश मलिकले संगीत दिएका हुन्। फिल्ममा शंकर थापाको समेत संगीत छ।

भिडियो हेर्नुहोस् : फाटेको जुत्तामा प्रियंका र सौगात – सुहाउला त जोडी ?

SUBSCRIBE 👉