हिरोईन अशिष्माको जवानी सम्हाल्दै हिरो पुष्पल


Actress Aashishma Nakarmi and Actor Pushpal Khadka | On The spot of Music Video Shooting

नायिका अशिष्मा नकर्मी, पुष्पल खड्का र सुशान्त श्रेष्ठलाई फिचरिङ्ग गरिएको गायिका अनिता चलाउनेको ‘आउन समाली देउन मेरो जवानि…’ बोलको गीतको भिडियो यूट्युट मार्फत रिलिज गरिएको छ। काठामाण्डौंको गोकर्ण वरपर छायांकन गरिएको यो म्युजिक भिडियोलाई निर्देशक तथा कोरियोग्राफर गम्भिर विष्टले निर्देशन गरेका हुन्। भिडियोमा नायिका आशिष्माले नायक पुष्पललाई आफ्नो जवानी सम्हाली दिन आग्रह गर्दै गरेको देख्न सकिन्छ।

‘आउन समाली देउन मेरो जवानि…’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो गीतमा शन्तिप्रियको शब्द, दिपक शर्माको संगीत र नरेन्द्र यिबोगीको म्युजिक एरेञ्ज छ। दर्जनौं गीतहरु कोरीसकेका शान्तिप्रिय, चलचित्र ‘छक्का पञ्जा’को ‘देखन चम्पा’ र चलचित्र ‘ब्रासलेट’को ‘मेरो जिन्दगीमा बाहार ल्याउने’ बोलको गीतबाट चर्चामा आएका हुन्।

गीतबाट गायिका चलाउनेले आफुलाई पनि सांगीतिक क्षेत्रमा अगाडि बढ्न सहयोग पु¥याउने विश्वास लिएकी छिन्। गायिकाले आफ्नो जवानी सम्हाली दिन आग्रह गरेकी म्युजिक भिडियो नवराज उप्रेतिले खिचेका हुन्।

SUBSCRIBE 👉