‘लडे लडे…समाउ मलाई’ भन्दै आकासको पछि लागिन् सम्राज्ञी


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकश श्रेष्ठ अभिनित चलचित्र ‘तिमीसँग’ मा शमावेश ‘लडे लडे..समाउ मलाई’ बोलको गीत रिलिज गरिएको छ। युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा मधुरा भट्टचार्यको स्वर, नरेश भट्टराईको शब्द र राहुल मुखर्जीको सङ्गीत सुन्न सकिन्छ। यो गीतको भिडियोमा चलचित्रका मुख्य पात्र साम्राज्ञी र आकाशलाई फिचरिङ्ग गरिएको छ।

‘लडे लडे..समाउ मलाई’ गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो चलचित्रको केही समय अघि टिजर रिलिज गरिएको थियो (टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्)। कलाकार शिशिर राणाले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा साम्राज्ञी र आकाशको साथमा नाजिर हुसेनको पनि मुख्य भूमिका छ। यो चलचित्र भदौ ८ गतेबाट अल नेपाल प्रदर्शन हुँदै छ भने सोहि मितिमा नायिका निशा अधिकारीले निर्माण गरेको सौगात मल्ल र वेनिशा हमाल अभिनित चलचित्र ‘झ्यानाकुटी’ रिलिज हुने पक्का भैसकेको छ।

चलचित्र ‘ड्रिम्स’बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञी अभिनित चलचित्र ‘तिमीसँग’को एक हप्तापछि फिल्म ‘ए मेरो हजुर २’ रिलिज हुँदैछ। यो चलचित्रमा पनि साम्राज्ञीको मुख्य भूमिका छ। एक हप्ताको अन्तरमा सम्राज्ञी अभिनित दुई फिल्म रिलिज हुने भएपछि अहिले साम्राज्ञीको धड्कन बढेको छ (भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्)

SUBSCRIBE 👉