शसस्त्र प्रहरीको भूमिकामा देखिदै शिल्पा पोखरेल । फिल्म विराङ्गानाको शुभमूर्हत


आई मुभिजको ब्यानरमा चलचित्र विराङ्गाना निर्माण हुने भएको छ। फिल्म निर्माण कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र विराङ्गाना निर्माण गर्न लागेको जानकारी दिईएको छ। पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो।

फिल्मको मूख्य पात्रको भूमिकामा नायिका शिल्पा पोखरेल शसस्त्र प्रहरीको भुमिकामा देखिदैछिन्। यो फिल्ममा अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतको पनि अभिनय रहनेछ।

नेपालको सिमा क्षेत्रमा हुने अवैधानीक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने विरताको विषयमा फिल्म निर्माण हुन लागेको हो। यो फिल्म नारी विरताको विषयमा बन्न लागको एक्शन चलचित्र भएको फिल्ममका निर्देशक राज बहादुर सानेले बताए।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारले संयुक्त रुपमा लगानी गरेका छन् भने देव तामाङ र गायिका सुमी चाम्लिङ राईले पनि लगानीमा सहकार्य गरेका छन्।

निर्देशकके नै लेखेको फिल्मलाई हरि घले लामाले खिच्नेछन्। फिल्ममा दिपक शर्मा र पुरुषेत्तम न्यापानेको संगीत रहनेछ। साथै श्री श्रेष्ठको एक्शन, कबिराज गहतराजको कोरियोग्राफि रहनेछ। चलचित्रका कार्यकारी निर्माता किशाृर झा हुन्।

SUBSCRIBE 👉