बुलेट बाईकमा देशका विभिन्न शहर घुम्दै प्रदिप र अश्लेशा


प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ निर्माण युनिटले चलचित्रको प्रमोशनलाई तिब्र गतिदिदै यतिबेला देशका विभिन्न स्थानहरुमा सांगीतिक प्रस्तुति दिइरहेका छन्। दमौलीदेखि सुरु भएको सांगीतिक यात्रा पोखरा, नेपालगंज हुँदै सोमबार बुटवलमा हुँदैछ। त्यसपछि निर्माण युनिटको जम्बो टोली पूर्वी नेपालको धरान लगायतका विभिन्न स्थानहरुमा प्रस्तुति दिनेछन्।

दमौलीको फुटबल मैदानमा खचाखच दर्शकसामु फिल्म टोली घेरियो। जब बुलेट बाइकमा प्रदीप खड्काले अश्लेषालाई चढाएर मंचमा उक्लिए, दर्शकदिर्घा बाट चर्को हुटिङ गुञ्जिरह्यो। शिशिर भण्डारी लगायतका अभिनेताले मनोरञ्जन पस्किए।

असारे झरीलाई बेवास्ता गर्दै पोखराको चिप्लेढुंगामा शनिबार कन्सर्ट भयो। अश्लेषा र प्रदीप सँग देशकै दोस्रो ठूलो सिनेमा बजार, पोखराकाका दर्शकले आत्मीय माया बाँड्न भ्याए।

पश्चिम नेपालको केन्द्र नेपालगंजमा समेत यस्तै दृश्य देखियो। फिल्मका मुख्य र अन्य चर्चित गीतहरु मा कलाकारले गायकी पस्किए अनि दर्शकले कम्मर भाँचे । लगत्तै फिल्म निर्माण युनिट प्रस्तुतिकालागि सोमबार बुटवल फर्किएको छ। बुटवलमा समेत टीमले दर्शकमाझ सिनेमा पब्लिसिटी गर्नेछ।

यो पनि हेर्नुहोस्
# प्रेम गीत २ (ट्रेलर)
# कहानी यो प्रेम गीतको… (गीत)
# बिस्तारै बिस्तारै… (गीत)

सात सहरमा प्रेमगीत २ ले सांगीतिक कन्सर्ट थालेको हो। निर्माता सन्तोष सेनले फिल्मलाई लिएर देशव्यापी उत्साहजनक पर्खाइका टिप्पणीहरु प्राप्त भैरहेको बताए। रामशरण पाठक निर्देशित यो फिल्म साउन १३ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉