राजका लागि मलिना कति विशेष ?


भदौ ३० गतेबाट रिलिज हुने फिल्म ‘लिला’को ‘साचै बिषेश छौ ’बोलको दोस्रो गीत सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतमा मलिना र राजले रोमान्टीक अभिनय गरेका छन्। राजले मलिनाको सौदर्यताको बयान गर्दै आफ्नो लागि उनी बिषेश भएको चर्चा गरेका छन्।

राजका लागि मलिना कति विशेष छिन् ? – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

गायक उदित नाराय झाको स्वर रहेको गीतमा शब्द डा.कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको रहेको छ। केही समय पहिले यो फिल्मको ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत रिलिज गरिएको थियो।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन्। कलाकार तथा चलचित्र ‘सिलसिला’का निर्माता सिपी पौडेल चलचित्रका कार्यकारी निर्माता हुन्। लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन्।

संगीत पक्षलाई विशेष महत्व दिएको चलचित्र युवावर्गलाई लक्षित गरेर निर्माण गरिएको हो। अहिलेको आधुनिक टेक्नोलोजिको भरपुर उपयोग गरेर निर्माण गरिएको चलचित्रले दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वद हुने निर्देशक रमेश कोइरालाको भनाई छ।

यो चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ।

SUBSCRIBE 👉