‘कार्टुन्ज क्रु’ सँग कम्मर मार्काउदै ‘प्रेम गीत २’ कि हिरोईन


प्रतीक्षित फिल्म ‘प्रेमगीत २’को गीत ‘मोटरसाइकलमा…’ दर्शक स्रोताले निकै मन पराए। सार्वजनिक यातायात, रेडियो, क्लबदेखि पर्यटकीय थलोमा समेत यो गीत घन्कियो।

एलिस कार्कीद्धारा संगीतबद्ध गीतको नयाँ भिडियोमा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ र फिल्मकी हिरोईन अश्लेषा ठकुरीले कम्मर मर्काएका छन्। प्रतास दास र इन्दिरा जोशीको स्वर रहेको गीतमा उनीहरुले आकर्षक नृत्य गरेका छन्।

‘प्रेमगीत २’को गीत ‘मोटरसाइकलमा…’ नयाँ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

स्कटिस थिममा बुनिएको यो गीतको अघिल्लो संस्करणमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए। फिल्म निर्माण कम्पनी आशुसेन फिल्मसले यो भिडियोलाई दर्शक श्रोताले रुचाउने कुरामा आफुहरु ढुक्क भएको बताए।

सन्तोस सेनको लगानीमा रामशरण पाठक निर्देशित यो फिल्म साउन १३ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉