चलचित्रको ‘सिग्नेचर’को ‘थिङ्क पोजेटिभ ग्लोबल’ एक दिने अभियान सम्पन्न


वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ। सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘सिग्नेचर मुभि थिङ्क पोजेटिभ ग्लोबल’ अभियान सम्पन्न गरेको हो। एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो। सोही अवसरमा फिल्मको प्रदर्शनीसमेत गरिएको थियो । प्रदर्शनीसँगै फिल्मका कलाकार दर्शकसँग अन्तरसंवादमा संलग्न भएका थिए।

जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद पौडेलले सुटिङका लागि चुरोट सेवन गुर्नपर्दा गाह्रो भएको अनुभव सुनाए। ‘फिल्ममा मेरो भूमिका दुव्र्यसनीको छ भन्ने मलाई थाहा थियो। जिन्दगीमा चुरोट पनि नखाएको मान्छे फिल्ममा दुव्र्यसनीको भूमिका गर्दा गाह्रो भयो,’ फिल्मको ‘थिङक पोजिटिभ ग्लोबल क्याम्पेन’ अन्तर्गत शनिबार युवालाई फिल्म देखाएपछिको अन्तरसंवादमा उनले भने, ‘ भूमिकामा डुब्न मैंले थुप्रै दुव्र्यसनीसँग भेटे र संगत गरे र मेरा लागि त्यहि सबैभन्दा कठिन काम थियो। त्यो परिवेशभन्दा कोशौं टाढा रहेको मान्छेलाई साँच्चैभन्दा एक मिनेटका बसाइ पनि युगौं जस्तो लाग्थ्यो।’

झन्डै तीन महिनाको अध्ययन र सिकाइबाट आफू दुव्र्यसनीको चरित्रका लागि तयार भएको उनले बताए। आफूलाई फिल्ममा सन्दीप क्षेत्रीको भूमिका मनपरे पनि फिल्मका निर्देशकको आग्रहमा प्रमुख भूमिकामा अभिनय गरेको खुलाए।

‘कुलतमा लागेपछि मानवीय व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुरा सिग्नेचरबाट सिके,’ उनले भने । फिल्ममा विनोदले अच्युत सिटौलाको चरित्र निर्वाह गरेका छन् जसको वास्तविक कथामा फिल्म बनेको हो।

विनोदकी प्रेमिकाका रूपमा अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेकी छिन्। उनको पनि यो पहिलो फिल्म हो। फिल्ममा आस्था बनेकी नम्रताले विनोदलाई छोड्ने र अर्कोसँग विवाह गर्ने सन्दर्भ छ। छलफलका क्रममा दर्शकले नम्रताले छाड्ने कारणका सम्बन्धमा जिज्ञासा राखेका थिए । नम्रताले विनोदलाई छाड्नुका कारण आफूलाई पनि थाहा नभएको बताइन्। ‘ नढाँटी भन्नु पर्दा यसकोे कारण मलाई पनि थाहा छैन । मेरै मनमा पनि योे प्रश्न नाचिरहेको छ,’ नम्रताले भनिन्।

निर्देशक तथा निर्माता सागर उद्गमले हल नभएका स्थानमा पनि फिल्म देखाइने बताए। ‘हाम्रो उद्देश्य हल नभएका ठाउँमा लगेर फिल्म देखाइ सचेतना जगाउने हो,’ निर्देशक उद्गमले भने, ‘फिल्मको नाम कथामा नदेखिए पनि दुव्र्यसन छोड्नुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गर्नेको मनमा आएको भावना नै सिग्नेचरको अर्थ हो ।’ सागर अस्कर कलेज अफ फिल्म स्टडिजका सभापति पनि हुन्।

फिल्ममा विनोद, नम्रता र सन्दिपसँगै जीवनसाथी बस्नेत, निर्णय श्रेष्ठ, जेबी डिसी, सरिता गिरी, प्रज्ञा जोशीलगायतको अभिनय छ। प्रकाश सुवेदी र सागर उद्गमको लगानी रहेको फिल्ममा पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको छायाङकन, निशान घिमिरेको सम्पादन तथा रंग समायोजन, अच्युत सिटौलाको गीत, संगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश साहको मिक्सिङ रहेको छ।

फिल्मको प्रदर्शनीअघि फिल्मले लागू पदार्थ दुव्र्यसनका विरुद्ध जनचेतनाका लागि उल्लेख्य काम गरेको भन्दै सरकारले फिल्मलाई ‘अवार्ड अफ एक्सिलेन्स’ले सम्मान गरेको थियो ।

SUBSCRIBE 👉