‘गङनम स्टाइल’को यु ट्युव रेकर्ड तोडियो । ‘सी यू अगेन’ बन्यो युट्युबमा सर्वाधिक हेरिएको गीत


पीएसवाईको ‘गङनम स्टाइल’ले यूट्युबमा सर्वाधिक हेरिएको भिडियोको उपाधी गुमाएको छ। दक्षिण कोरियाली मेघाहिटले विगत ५ वर्ष देखि उक्त उपाधी आफ्नो कब्जामा राखेको थियो। गङनम स्टाईलको म्युजिक भिडियो यति धेरै चर्चित भएको थियो कि त्यसले युट्युबको प्ले काउन्टर २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ लाई नै मात खुवाइदिएको थियो । तत्पश्चात युट्युबले पुन: आफ्नो काउन्टर कोड लेख्नु परेको थियो।

‘गङनम स्टाइल’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

अब उक्त भिडियोको रेकर्डलाई विज खलिफा र चार्ली पुथको ‘सी यू अगेन’ ले उछिनेको छ। मर्मस्पर्शी गीत हाल युट्युबमा २ अर्ब ९० करोड ४६ लाख २२ हजार ६ सय ८६ पटक (समाचार बनाउँदासम्म) हेरिएको छ।

यो भनेको एक व्यक्तिले लगातार सुने पनि २१ हजार ७ सय ५९ वर्षसम्म यो गीत सुन्नुपर्छ। यो गीत एक्सन फिल्म फ्युरियस ७ का लागि सडक दुर्घटनामा ज्यान गुमाएका कलाकार पाउल वकरलाई समर्पित गर्दै क्लोजिङ क्रेडिटका लागि बनाइएको हो। यो गीत सन् २०१५ मा विश्वभर सबैभन्दा बढी विक्री भएको गीत हो भने ओस्कार र ग्राम्मीमा पनि मनोनयनमा परेको थियो।

‘सी यू अगेन’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यद्यपी यो गीतले सर्वाधिक हेरिएको गीतको पगरी भने धेरै सयम लगाउन नपाउने देखिन्छ। यो गीतलाई लुइस फोन्सीको ‘डिस्पाचियो’ले पछ्याइरहेको छ। सो गीत पनि युट्युबमा साढे २ अर्ब बढी पटक हेरिएको छ। जसको दर्शक दिनानुदिन बढिरहेका छन्। – बिबिसी

‘डिस्पाचियो’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉