करिश्मा र सम्राज्ञीलाई देखेर क-कस्को भयो मन चन्चल ? फिल्म ‘तिमि सँग’को नयाँ गीत रिलिज


सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमि संग’ को नयाँ गीत ‘मन मेरो चन्चले’ रिलिज गरिएको छ। यो गीतको भिडियोमा करिश्मा मानन्धरले पनि कम्मर मर्काएकी छिन्।

‘मन मेरो चन्चले’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

दिपक पाठक र लावोनी चक्रवर्तीको आवाज रहेको गीतमा दिपक पाठकको शब्द छ भने दिपक र रिदम कंडेलले मिलेर संगीत भरेका छन्। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, अनुपम श्रेष्ठको साथमा करिश्मालाई हेर्न सकिन्छ।

शिशिर राणाले निर्देशन गरेको यो फिल्म भदौ ८ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

SUBSCRIBE 👉