यस्तो छ अनमोल केसी अभिनित फिल्म “कृ”को क्लाइमेक्स छायाँकन स्थल


Anmol KC Kri Shooting Spot

युवाहरु माझ चर्चित नायक अनमोल केसी यतिबेला आफ्नो नयाँ फिल्म ‘कृ’ को छायाँकनमा ब्यस्त छन्। पहिलोपटक एक्सन अवतारमा देखिन लागेका अनमोलको यो फिल्मको फर्स्ट लुक पोस्टर तथा तस्विरहरु सार्बजनिक भईसकेको छ। सार्वजनिक पोस्टर तथा तस्विरहरुमा उनलाई भिन्न लुक्समा देखाईएको छ।

छायाँकनकै क्रममा रहेको यो फिल्मको तस्विरहरु, फिल्ममा अनमोलको अभिनय तथा छायाँकन स्थल गोप्य रखिएकोले पनि अनमोलका क्रेजी फ्यानहरुमा यो फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता बढेको छ।

अनमोलको यो फिल्मको बिषयमा आजभोलि नेपाली सिने नगरी तथा मिडियाहरुमा पनि राम्रै चर्चा चल्ने गरेको छ। यो फिल्म कार्तिक महिनाको पहिलो साता रिलिज हुने तयारीमा रहेको बुझिएको छ। यसै क्रममा हामीले यो फिल्मको क्लाइमेक्स छायाँकन स्थलको केहि द्रिस्यहरु पाएका छौ। भिडियोमा हेर्नुहोस् एस्तो छ अनमोल केसी अभिनित बहु प्रतिक्षित चलचित्र “कृ” को क्लाइमेक्स छायाँकन स्थल।

WATCH VIDEO

SUBSCRIBE 👉