प्रेमगीत २: ‘न त हाँस्न नै सक्छु…’ नयाँ गीत रिलिज


Actor Pradeep Khadka and Actress Aaslesha Thakuri from the most awaited movie Prem Geet 2

बहु प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै…’ रिलिज भएको छ। साउन १३ गते रिलिज हुने फिल्मको यो गीतमा सागर संसार राईको स्वर सुन्न सकिन्छ। राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजेता हुन्।

विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन्। डेब्यु संगीतकार कार्की नेपाली फिल्महरुका चर्चित पाश्र्वध्वनी संयोजक समेत हुन्। यो गीतको शब्दहरु मनिषा खड्काले कोरेका हुन्।

प्रेमगीत २ को ‘न त हाँस्न नै सक्छु…’ गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित यो फिल्म रामशरण पाठकको निर्देशनमा तयार भएको हो। आशुसेन फिल्मसको ब्यानरमा सन्तोस सेनले निर्माण गरेको यो फिल्म नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको हो।

SUBSCRIBE 👉