आलियाले भारतीय प्रधानमन्त्री पृथ्वीराज चौहान भन्दा…


aliya-bhatta
सामाजिक सञ्जालमा सेलिब्रेटीको मजाक उडाउनु कुनै नौलो कुरा होईन। कहिले उनीहरुको तस्वीरमा छेडछाड गर्न होस् या उनीहरुले बोलेका केही कुरालाई लक्षित गरेर कुरा उडाउनु नयाँ विषय पनि होईन्। आलोकनाथ, नील नितिन मुकेश, आदित्य चोपडा, रानी मुखर्जी र ज्याकी श्राफ पुत्र टाइगर पछि फेसबुक र ट्वीटर प्रयोगकर्ताको जोकको शिकार बनेकी छिन् ‘२ स्टेट्स’ नायिका आलिया भट्ट। हालै करण जोहारको च्याट शोमा उपस्थित भएकी नायिकाले सामान्य उत्तर पनि दिन नसक्दा उनी फेसबुक र ट्वीटरमा जोकको शिकार बनिन्।

नायक वरुण धवनका साथ करण जोहारको च्याट शो ‘कफी विद करण’ मा पुगेकी आलियालाई करणले भारतको प्रधानमन्त्रीको नाम के हो ? भनेर सोध्दा उनले महाराष्ट्र राज्यका मुख्यमन्त्री ‘पृथ्वीराज चौहान’को नाम लिएर उत्तर दिएकी थिईन्।

त्यसअघि अर्की नायिका परिणती चोपडाका साथ सोही कार्यक्रममा पुगेकी उनलाई करणले बीजेपीको पूर्ण रुप के हो भनेर सोध्दा उनी मुस्कुराएकी मात्र थिईन् । उक्त शोमा परिणतीले नै सही जवाफ दिएकी थिईन्।

आलियाले गलत जवाफ दिएपछि ट्वीटरमा उनको बारेमा नयाँ नयाँ जोक बनाईएको छ। एक जोकमा मोदीको पुरा नाम के हो ? भनेर सोध्दा उनले ‘अबकी बार’ भनी उत्तर दिएकी छन्। त्यस्तै भारतलाई कहिले स्वतन्त्रता मिल्यो भनेर सोधिएको प्रश्नमा आलियाले ‘जब फिल्म लगानीमा भुवनले इंग्ल्याण्ड टिमको विरुद्ध अन्तिम बलमा छक्का प्रहार गरे’ भन्ने उत्तर दिइएको छ। अर्को जोकमा माइक्रोसफ्ट(एमएस)को राम्रो उत्पादन के हो भनेर सोधिएको प्रश्नमा उनले ‘एमएस धोनी’ भनेको उत्तर दिइएको छ।

watch Video !

SUBSCRIBE 👉