अनमोलको फिल्म ‘कृ’ कि नायिका के अदिति नै हुन् त ?


आजभोलि अनमोल केसीको अभिनय रहेको चलचित्र ‘कृ’ को चर्चा आकासिएको छ। दर्शकहरुको प्रतिक्षाको सुचिमा रहेको यो चलचित्रको दुई पोस्टरमा अभिनेता अनमोल केसीको पृथक शैली दर्शकले मन पराएपछि यो चलचित्रका बारेमा अझ बढी चर्चा हुन थालेको हो। कात्तिक ३ गते बाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा अनमोलले ज्यान बनाउन प्रसस्त मेहनत गरेको कुरा छर्लङ भैसकेको छ।

लामो हेयर स्टाइलमा अनमोललाई एक्सन गेटअपमा प्रस्तुत गरिएकाले ‘कृ’ एक्सन प्रधान चलचित्र भएको अनुमान गर्न सकिन्छ। झन्डै तीन करोड रुपैयाँको लागतमा निर्माण भैरहेको यो चलचित्रले राम्रो व्यवसाय गर्न सक्ने सम्भावना समेत व्यक्त गर्न थालिएको छ। सुरेन्द्र पौडेलद्वारा निर्देशित ‘कृ’मा अनमोलसँगै मोडल अदिति बुढाथोकीको पनि महत्त्वपूर्ण भूमिका रहने बताईए पनि हाल सम्म ‘कृ’ र अदिति सँग सम्बधित कुनै पनि सामग्री बाहिरिएको छैन। त्यसैले आजभोली यो चलचित्रको बारेमा दर्शकहरु माझ झनै कौतुहलता बढेको छ। के अनमोलको फिल्म ‘कृ’ कि नायिका अदिति नै हुन् त ? भन्ने बिषयमा फिल्मी नगरीमा गाईगुईं पनि चल्न शुरु भईसकेको छ।

Anmol KC Kri Shooting Spot

SUBSCRIBE 👉