‘प्रेमगीत २’ लाई साइवर सुरक्षा वचन


‘प्रेमगीत २’ लाई लिएर सरोकार निकायले साइवर सुरक्षा प्रदान गर्ने आश्वासन दिएका छन्। रिपोटर्स क्लबमा आयोजित प्रेसमिटमा फिल्म र साइवर सुरक्षामाथि छलफल भएको छ। फिल्म क्षेत्रमा बढ्दो पाइरेसी र डिजिटल राइट्स दुरुपयोग न्यूनिकरण बारे फिल्म युनिटले रिपोर्टर्स क्लबमा अन्तरक्रिया आयोजना गरेको हो।

अघिल्लो संस्करणदेखि हालैको देश दौडाहा क्रममा साइवर बुलिङको शिकार भएको ‘प्रेमगीत २’ ले सरोकार निकायबाट विश्वस्तता खोजेको हो। निर्माता संघ अध्यक्ष आकाश अधिकारीले फिल्मलाई प्रतिलिपि अधिकार उल्लंघनका मुद्दाबाट जोगाउन संस्था सचेत रहेको बताए।

संघमा रहेको साइवर सेललाई सक्रिय तुल्याउने बताउँदै अधिकारीले प्रेमगीत २ निर्मातालाई सम्भावित समस्या हुन नदिन ढुक्क बनाए। भारतको केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्षलाई भेट गरेर आफूले भारतमा नेपाली फिल्म सेन्सर सहजीकरणका लागि प्रयत्न गरेको बताए।

रिपोटर्स क्लब अध्यक्ष ऋषि धमलाले प्रेमगीत २ लाई साइवर थ्रेट हुन नदिन आफ्नो संस्था दृढतासाथ उभिने बताए। यसबारे गृहमन्त्रीसँग पनि कुरा भैसकेको धमला भनाई थियो।

अभिनेत्री अश्लेषा ठकुरीले नेपालगंजमा आफ्नो वार्डरोव मलफङ्सनलाई सामाजिक संजालले अतिरञ्जित तरिकाले उचालिएको बताइन्। ‘यथार्थभन्दा बढी बनाइयो’ उनले भनिन्, ‘यो पनि साइवर अपराधकै एक उदाहरण हो।’

अभिनेता प्रदीप खड्काले साइवर सुरक्षा फिल्मकालागि आवश्यक रहेको बताए। निर्माता सन्तोष सेनले आफ्नो फिल्म अपराध हुन नदिन सचेत रहेको बताए।

‘प्रेम गीत’ रिलिज भएको केही समयमा नै इन्टरनेटमा लिक भएको थियो। दोस्रो भागका क्लाइमेक्स दृश्यहरु लिक भएका थिए भने नेपालगंजमा अभिनेत्री ठकुरीको वार्डरोव मलफङ्सनलाई चित्रण गरिएको थियो। ट्रेलर रिलिजका क्रममा ल्याटिन अमेरिकी मुलुकबाट युट्युवमा डिस्लाइक बढी देखाइएको थियो।

SUBSCRIBE 👉