राजधानीमा ‘प्रेमगीत २’ को सांगीतिक प्रस्तुति । दर्शकहरुमाझ घेरिए हिरो


उपत्यका बाहिरको प्रचार प्रसार पछि ‘प्रेमगीत २’ राजधानी केन्द्रित छ। देशव्यापी सांगीतिक दौडाह समापनपछि ‘प्रेमगीत २’ले शुक्रबार ललितपुर र भक्तपुरमा सांगीतिक प्रतुती गर्यो।

ललितपुर लगनखेल र भक्तपुर सूर्यविनायकमा हजारौ दर्शकहरु ‘प्रेमगीत २’ सँगै झुमे। कलाकार र गायकले अबेर बेलुकासम्म सांगीतिक प्रस्तुति दिएर दर्शकहरुलाई मनोरंजित पारे। यस्तो दृश्य लगनखेल बसपार्कमा पनि देखियो।

प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेनसहितका कलाकारले दर्शकलाई साउन १३ गते नजिकको हलमा फिल्म हेर्न आग्रह गरे। भक्तपुरसम्म प्रेमगीत को यो १३ औं प्रस्तुति थियो।

अभिनेता खड्कालाई घेरेर तस्विरमा कैद गर्न चाहनेहरु धेरै भेटिए। ‘यो दर्शकीय मायाले फिल्मप्रति झनै आशावादी हुन मद्दत मिलेको छ’ खड्काले भने, ‘बल्ल हामी वास्तविक दर्शकसामु पुग्न सक्छौं भन्ने लागेको छ।’ निर्माता एवं डेब्यु अभिनेता सेनले पनि खुशि व्यक्त गरे।

SUBSCRIBE 👉