कसरी जुर्यो सलिनलाई साम्राज्ञी सँग अन स्क्रिन रोमान्स गर्ने मौका ?


छोटो समयमै लोकप्रिय भएकी अभिनेत्री हुन् – साम्राज्ञी राज्यलक्ष्मी शाह। साम्राज्ञी अभिनित दोस्रो फिल्म रिलिज मिति नजिकिदै गर्दा उनको चर्चा सिने नगरीमा राम्रै चलिरहेको छ। उनको डेब्यु सिनेमामा अनमोल केसीसँग अन स्क्रिन रोमान्स गरेकी यी अभिनेत्रीले फिल्म ‘ए मेरो हजुर २’मा सलिनमान बानियाँसँग जोडी बाँधेकी छन्। यो फिल्मको ट्रेलर र गीतलाई दर्शकहरुले निकै मन् पराएका छन्। यसै फिल्मबाट नेपाली सिने नगरीको यात्रा थालनी गरेका सलिनमानलाई दर्शकले राइजिङ स्टारको ट्याग भिराईसकेका छन्।

‘ए मेरो हजुर २’ को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्म रिलिज नहुँदै दर्शकको रोजाईमा परेका यी ठिटोलाई ‘ए मेरो हजुर २’मा साम्राज्ञीसँग जोडी बाँध्ने अवसर यसरि मिल्यो:

नेपाली सिनेमाकी लोकप्रिय अभिनेत्री झरना थापा निर्देशनमा डेब्यु गर्ने योजनामा थिइन्। त्यो पनि ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’को सिक्वेलबाट। फिल्मकालागि झरनाले साम्राज्ञीलाई अनुबन्धित गरिसकेकी थिइन्। बोल्ड एण्ड ब्युटी साम्राज्ञीको अपोजिट एक आकर्षक अनुहारको खोजि थियो। साम्राज्ञीलाई झरनाले थुप्रै युवाहरुको तस्विर देखाईसकेकी थिइन्। सिनेमाको कथा अनुसार आकर्षक अनुहार फेला नपार्दा ‘ए मेरो हजुर २’ छायाँकनको लागि ढिलो भईसकेको थियो।

अन्तत: सलिनको तस्विर झरनाको हातमा पर्यो। झरनाले सम्वन्धित व्यक्तिसँग सलिनको बारेमा जानकारी लिईसकेकी थिइन्। सिनेमाको टिमसँग साथिको जस्तो व्यवहार गर्ने झरनाले साम्राज्ञीलाई पनि तस्विर देखाईन। तस्विर हेर्न वितिक्कै साम्राज्ञीले ‘ओके’ भनिदिईन। किनकी साम्राज्ञीले एसअघि एक फेसन शोमा सलिनलाई देखिसकेकी थिइन्। त्यस पश्चात उनीहरुको जोडी तयार भयो – ‘ए मेरो हजुर २’ कोलागी।

‘ए मेरो हजुर २’ को गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

सुनिलकुमार थापाको लगानीमा निर्मित ‘ए मेरो हजुर २’ वर्षकै प्रतिक्षित सिनेमा हो। यो फिल्ममा सलिन र साम्राज्ञीको साथमा सलोन बस्नेत, अनुभव रेग्मी, विल्सन विक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, बुद्दी तामाङ, अनुवर कुँवर लगायतका कलाकारले अभिनय गरेका छन्।

यो फिल्ममा बसन्त सापकोटा र कल्याण सिंहको संगीत सुन्न सकिन्छ। भदौ १६ गते बाट ‘ए मेरो हजुर २’ अलनेपाल रिलिज हुदैछ।

SUBSCRIBE 👉