नेपाल र भारत सीमा कथा : एक्शन प्रधान चलचित्र ‘दि कर्मा’


जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनले चलचित्रको थिम पोस्टर या भनौ फर्स्ट लुक सार्वजनिक गर्दै नयाँ नेपाली चलचित्र ‘दि कर्मा’ निर्माण गर्ने बताएको छ। तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने सत्य घटनामा आधारित कथामा निर्माण हुन लागेको यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन्।

Nepali Movie The Karma poster

नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहने यो चलचित्रले बदलाको भावनालाई प्रस्तुत गर्नेछ। मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको समेत मुख्य अभिनय रहने बताईएको छ। बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन्। यो चलचित्रमा भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा दिपक देखिनेछन्। यो चलचित्रमा अर्का भारतीय कलाकार करण आहुजाको पनि महत्वपूर्भ भूमिका रहनेछ। चलचित्रको दोश्रो मुख्य कलाकारको रुपमा उनि रहनेछन्। करण भारतका सफल मोडल हुन्।

चलचित्रमा कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने मुख्य नायिकाको टुंगो लागिसकेको छैन। चलचित्रको मुहर्त अवधिसम्म नायिका छनौट गरेर वर्कशप गर्ने निर्देशक घिमिरेले बताएका छन्। चलचित्रको वर्कशप २० दिन सम्म चल्ने बताईएको छ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्न लागेको एक्शन प्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ। २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ। जय राज रोएको कथामा रहेको यस चलचित्रलाई सिनेम्याटोग्राफर रामेश्वर कार्कीले खिच्नेछन्।

जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।

SUBSCRIBE 👉