पहिलो पोस्टरमा एस्तो देखियो ‘फाटेको जुत्ता’


चलचित्र फाटेको जुत्ताको पहिलो लुक्स सार्वजनिक भएको छ। प्रियंका कार्की र सौगात मल्लको मुख्य भुमिका रहेको चलचित्रको पहिलो लुक्समा धोती लगाएका व्यक्ति देखाईएको छ जस्को जुत्ता फाटेको देख्न सकिन्छ। छेउमा बोरा राखिएको छ। वियरका बोत्तल पनि ढलेका छन्। तर, पोस्टरमा देखिएका कलाकार भने चिन्न सकिन्न।

निकेश खड्काको निर्देशन रहेको चलचित्र फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका कार्कीका साथै कामेश्वर चौरसिया लगायतका कलाकारले अभिनय गरेका छन्। अर्जुन कुमारको निर्माण रहेको यो चलचित्रलाई डार्क कमेडी जनराको भनिएको छ। कार्तिक १७ गतेबाट यो फिल्म रिलिज हुने छ।

SUBSCRIBE 👉