आर्यन र शिल्पाको ‘लज्जा’ प्याकअप


Shilpa-Pokhrel-nepali-actress
काठमाडौं, छविराज ओझाको नयाँ चलचित्र ‘लज्जा’को सुटिङ सकिएको छ। निर्माता छविले फिल्मको अन्तिम दृश्य शनिबार जोरपाटीको एक ब्युटि पार्लरमा लिएको जानकारी दिएका छन। नवल नेपाल निर्देशित चलचित्रको ३८ दिन अगाडी छायाँकन सुरु गरिएको थियो। चलचित्रमा काठमाडौं वरपरका दृश्यहरु कैद गरिएको छ।

प्रेमकथामा आधारित ‘लज्जा’मा आर्यन सिग्देल र शिल्पा पोखरेलले रोमान्स गरेका छन। म्युजिक भिडियोमा स्थापित शिल्पाको यो डेब्यु मूभि हो। शिल्पाले निकै राम्रो काम गरेको छविले बताए। उनी यही चलचित्रबाट सिने क्षेत्रमा स्थापित हुने उनको दाबी छ। चलचित्रमा आर्यन र शिल्पासहित मिथिला शर्मा, किरण केसी, हिउवाला गौतमलगाएतका कलाकारको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ।

‘लज्जा’ कथा छवि आफैंले लेखेका हुन भने पटकथा र संवाद निर्देशक नेपालको रहेको छ। चेतन सापकोटाको संगीत रहेको चलचित्रमा चन्द्र पन्तको एक्सन छ। चलचित्रलाई मदन कास्यप घिमिरेले खिचिरहेका छन्। छविले २०७१ को सुरुवातमा यो फिल्म रिलिज योजनामा छन।

SUBSCRIBE 👉