चन्दाको गीतमा एलिशाको छमछमी


गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा चर्चित नायिका एवं मोडल एलिसा राईले आकर्षक नृत्य अभिनय गरेकी छिन्। एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन्। मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन मनोरम स्थल नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो। भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सचिन सिंहद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन्। म्युजिक भिडियोको निर्देशन युवा सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन्। उक्त भिडियोको छायांकन उत्कृष्ट छायाकारको परिचय बनाइसकेका सुदीप बरालले गरेका हुन् भने राजीव समरले यसमा कोरियोग्राफी गरेका छन्।

भिडियो केही महिनाअघि चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस् भन्ने चाहना राखेर ‘छानो हाल्ने सपनीमा म बेचिनु प¥यो’ गीत गाएकी गायिका चन्दाले यो नाच्ने किसिमको गीतले आम नेपालीलाई नाच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन्।

SUBSCRIBE 👉