प्रियंका, अर्पण र आर्यन अभिनित ‘बटरफ्लाई’को प्रदर्शन मिति तय


ओम प्रतीक गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘बटरफ्लाई’ को प्रदर्शन मिति तय भएको छ। द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्मित यो चलचित्र आगामी पुस २८ गतेबाट प्रदर्शनमा आउने भएको हो। चलचित्रमा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका छ।

रमेश प्रजापति कार्यकारी निर्माता रहेका यो चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता छन्। कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन।

गीत शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेले चलचित्रका गीतहरु कोरेका हुन्। विकास चौधरी, दिपक शर्माको संगीत तथा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर यो चलचित्रमा सुन्न सकिन्छ।

सुरेश बज्राचार्यले खिचेको यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफ छ। चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन छ।

SUBSCRIBE 👉